ठमेल पर्यटन विकास परिषद्को अध्यक्षका लागि गुरुङ्गले उम्मेद्धारी घोषणा

0
110

जेष्ठ २४, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को निर्वाचन शनिबार अर्थात २५ गते हुदैछ ।

निर्वाचन नजिकिदै गर्दा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ । परिषद् देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र व्यवसायीहरुको शक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको छ । परिषद्को आसन्न निर्वाचनको लागि ब्यवसायीहरु विभिन्न ३ वटा प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

यसै गरी “शान्ति, सुरक्षा, विकाश र इमान्दारिदा, ठमेल क्षेत्रको विकास हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित बर्तमान अध्यक्ष समिर गुरुङ्गको प्यानल निर्वाचन मैदानमा उत्रिएको छ ।

समिर गुरुङ्गको प्यानलका उपाध्यक्षहरु गोविन्द प्रसाद पन्त, रत्न प्रसाद दुलाल र सुनिता श्रेष्ठ रहेका छन भने महासचिवमा नारायण खनाल रहेका छन् ।

त्यस्तै सचिवमा रामचन्द्र गिरी, कोषध्याक्षमा रामशरण ढकाल रहेका छन् । महेश पन्त, विश्व कुँवर, जनक तामाङ्ग र सोजेश मालाकार सदस्यका उम्मेद्धारी दर्ता गरेका छन् ।

गुरुङ्गले उम्मेद्धारी दर्ता गराउदै “मैले विद्यान टेकेर नै उमेदारी दिएको हु । परिषद्को विद्यानमा दुई कार्यकाल अध्यक्ष हुने ब्यावस्था रहेको छ, उनले भने ।”

त्यसै गरी उनले भने “मैले २ वर्षिय कार्यकालमा जति काम गरे र अझै धेरै काम बाकिरहेको ले त्यो कामलाई पुरा गर्न को लागी मैले अध्यक्ष पदमा उम्मेद्धारी दिएको हु ।”

अगामी दिनमा ठमेललाई २४ सैं घण्टा खुलाउने पहल गर्ने र ठमेलमा ५ सय सिसि क्यामेरा समेत जोड्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here