टेलिकमको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

0
7

चैत ६, काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको (कोभिड १९) संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न  सन्देश दिन थालिएको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने नेपाल टेलिकमले जनाएको छ ।