ज्योति ग्रुपका सदस्य रुप ज्योति पक्राउ

0
11

कात्तिक २२, काठमाडौं । पूर्व अर्थ सहायक मन्त्री तथा ज्योति ग्रुपका सदस्य रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ पक्राउ गरिएको हो।

पिडितको जाहेरी अनुसार जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले बिहीबार उनलाई पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको हो ।