जोशीविरुद्ध महाभियोग प्रस्ताव दार्ताको तयारी

0
44

जोशीमाथि महाअभियोग दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर संकलनको कार्य सम्पन्न भई हस्ताक्षरको कपि सत्तारुढ दल नेकपाका मूख्य सचेतक देवप्रसाद गूरुङले लिएका छन् । संम्भवतः जोशीमाथि बिहिबार साँझसम्म संसद सचिवालय सिंहदरवारमा महाअभियोग प्रस्ताव दर्ता भइसक्ने सत्तारुढ दलका एक नेताले बताएका छन् । बिहिबार नभए शुक्रबार कार्यालय समय सूरु हुने बितिकै उनिमाथि महाअभियोग प्रस्ताव दर्ता हुने ती नेताले बताएका छन् ।

प्रधानन्यायधिशमा अस्वीकृत भएपछि लामो समयदेखि बिदामा बस्दै आएका जोशी सर्बोच्च अदालतमा समकक्षी ओमप्रकाश मिश्र प्रधानन्यायधिसमा नियुक्त भएपछि सर्बोच्च जान थालेका छन् । उनि सर्बोच्च जानु अघिनै सत्तारुढ दलले उनलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।  नवनियुक्त प्रधानन्यायधिश ओमप्रकाश मिश्रले पनि केहि दिन जोशिलाई पेशिमा राखेका थिएनन । तर केहि दिन यता भने उनले नियमित सर्बोच्च गएर मुद्धा फैसला गर्दै आएका छन् ।

सत्तारुढ दलका सांसदहरुले राजिनामा नदिए महाअभियोगका लागि तयार रहन चुनौति दिएपछि प्रधानन्यायधिस मिश्रले पनि बरिष्ठ न्यायधिस जोशिलाई बिदा लिएर कुनै भ्रमणमा जान सुझाव दिएका थिए । मिश्रकै आग्रह बमोजिम जोशि बिदा लिएर भ्रमणमा जाने तयारी समेत गरिरहेका थिए ।

तर संसदकै समितिबाट अस्वीकार गरिसकेका जोशिले सर्बोच्चमा धमाधम मुद्धा फैसला गरिरहे पछि , सत्तारुढ दलका सांसदहरु उनिमाथी महाअभियोग प्रस्ताव दर्ता गर्ने निष्कर्शमा पुगेका हुन । सोहि प्रयोजनका लागि बिहिबार बिहानै हस्ताक्षेर संकलन कार्य सम्पन्न भइसकेको छ ।

जोशिको सर्बोच्च फिर्ता लत्तै केहि संविधानविद् लगायतले भने प्रधानन्यायधिसमा अस्वीकृत भएको भएपनि न्यायधिस भएर कार्य गर्न बाधा नभएको बताएका थिए ।

जोशि नियमित मुद्धा मात्रै हेरिरहेका थिएनन् आगामि पौषमा प्रधानन्यायधिस मिश्रको कार्यकाल सम्पन्न भएपश्चात पुनः प्रधानन्यायधिसमा सिफारिस हुने अपेक्षा गरिरहेका छन् ।

vkhackвконтакте полная версия сайта войтивзлом gmail на андроидсероголубойзаказать товар в китаемеждународные транспортные компании киева