जुवातास खेल्ने ११ जना पक्राउ

0
26

साउन ३०, काठमाडौं । छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ५ बजे काठमाडौं गोकर्णेश्वर नगरपालिका- ५ जोरपाटीमा मिना लामाले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद १९ हजार १ सय ५० रूपैयाँ र खाजा घर संचालक मिना लामा सहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसै गरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ ६ बजे काठमाडौं-६ बौद्ध रामहिटीबाट जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद २ हजार ७ सय ९० रूपैयाँ र सोलुखुम्बु घर भई काठमाडौं बौद्ध रामहिटी स्थित हिमालयन शेर्पा किचन संचालन गरी बस्ने वर्ष ३६ को निमा शेर्पा सहित ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।