छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उपसचिव पक्राउ

0
18

जेष्ठ २८, काठमाडौं । छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा बाबु पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका प्रहरीले जनाएको छ ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

विदेशतिर छोरीलाई करणी गर्न मिल्ने नेपालमा पनि गर्दा केही हुँदैन भन्दै यादवले छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here