छिटो भन्दा छिटो नेपालमा हिन्दु राष्ट्र आउने : गुरु कालीबाबा

0
50

भूवन केसी

माघ २, काठमाडौं । धर्म निपेक्ष मुलुक घोषणा भइसकेको अबस्थामा नेपालमा हजार हजार प्रतिशत हिन्दु राष्ट्र आउने  विश्वब्यापी रुपमा ख्याति कमाउनु भएका प्रख्यात हिन्दुधर्म गुरु १००८ गुरु कालीबाबाले बताउनुभयो।

पुस २९ गते दिल्लीबाट काठमाडौं आउनु भएका गुरु कालीबाबाले युवा हुङ्कार प्रधान सम्पादक भूवन केसीसंगको कुराकानिका क्रममा, हामिले हिन्दु राष्ट्र धार्मिक यात्राको थालनी गरेसकेका छौ, सबै नेपाली जनताको माग र चाहना हिन्दु राष्ट्र नै भएकोले छिटो भन्दा छिटो नेपालमा हिन्दु राष्ट्र आउने दाबी गनुभयो।

कुराकानिको क्रममा नेपाल आउनुको मुख्य कारण हिन्दु राष्ट्र धार्मिक यात्रा रहेको गुरु कालीबाबाले बताउनु भयो।

५ दिने धार्मिक कार्यक्रमको लागि नेपाल आउनु भएका गुरु कालीबाबाले पशुपतीनाथ, देउघाट, झापा लगायतका स्थानमा धार्मिक भ्रमण गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

नेपाल बसाईका क्रममा आध्यात्मिक, राजनितिक र सामाजिक भेटवार्ता समेत हुने गुरु कालीबाबाले बताउनुभयो ।