चोभारबाट पेस्तोलसहित तीनजना पक्राउ

0
11

कात्तिक २१, काठमाडौं । काठमाडौंको चोभारबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट ‘मेड इन युएस’ लेखिएको एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको महाशाखाकाले जनाएको छ ।

उनीहरु पेस्तोल देखाएर लुटपाटमा संलग्न गिरोहका सदस्य रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको महाशाखाकाले जनाएको छ ।