चिनीको भाउँ छेदविच्छेद, स्वदेशी उद्योगको मनोमानी

0
50

 

अनिल सापकोटा,
अश्विन १४, काठमाडौँ । पछिल्लो साता दैनिक उपभोग्य वस्तु चिनीको भाउँ छिनछिनमा मोटो रकममा परिवर्तन भईरहेको छ । अन्तराष्ट्रिय बजारमा सामान्य भाउँ चलिरहदा नेपालकै विभिन्न क्षेत्रहरुमा समेत मूल्यमा एकरुपता छैन् ।

हाल नेपालमा जम्मा १३ वटा चिनी उद्योग रहेको छ तिनीहरुको कूल उत्पादन क्षमता करिव १ लाख ८० हजार मेट्रिकटन भएपनि चिनी उत्पादन बढिमा १२० हजार मेट्रिकटन मात्र उत्पादन हुन्छ । अहिले अन्तराष्ट्रिय बजारमा चिनीको मूल्यमा ह्रास आई प्रति किलो भारु.२२ रुपैया चलिरहेको समयमा स्वदेशी चिनी उद्योगहरुले आफनो उत्पादनको खुद्रा मूल्य ८५ देखि ९५ रुपैयाँमा बिक्री हुने गरेको छ ।

स्वदेशी चिनी कम्पनिहरुले राष्ट्र र जनताको हितमा उत्पादन गरी वितरण गर्नुको साटो अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसकी आफनो स्वार्थ अनुरुप सरकारलाई दवाव दिई चिनी आयात नै प्रतिबन्ध लगााएका छन् । किसानलाई उँखुका भाउ बजार मूल्य भन्दा थोरै दिने र पैसा समयमै भूक्तानी नगर्ने उद्योगहरुले चिनी आयात नै ठप्प पारेर चिनीमा आफ्नो मनलाग्दो दरमा राखेर जनता ठग्ने काम भईरहेको प्रष्टै देख्न सकिन्छ ।

यसरी आफूले उत्पादन गरेको चिनी बेच्न अन्तराष्ट्रिय आयात नै ठप्प पार्नु पूर्ण खूल्लाबजार अर्थ निती विपरित हो । यस्ता कार्यको सरकारले शुक्ष्म अनुसन्धान गरी चिनीमा भएको ब्रह्मलुट रोक्नु अति आवश्यक छ । алексей егармин коучinstamizevzlom-iosлобановский александр досьеto see in russiateach in russia