चितुवाको छाला र भालुको पित्तसहित दुइ जना पक्राउ

0
10

माघ २९, काठमाडौं । प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुइ जनालाई पक्राउ गरेको छ।

तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबरको आधारमा मंगलबार महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले पक्राउ गरी दुइ जनालाई आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामा रहेको प्रहरीले जनाएको छ।

बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले उनीहरुलाई खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।