चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने : अर्थमन्त्री डा. खतिवडा

0
29

माघ २३, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दावी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षभित्रमा सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दावी गरेका हुन् ।

मन्त्री खतिवडाले ७ सय ५३ स्थानीय तहमध्ये ७०३ वटामा बैंकका शाखा स्थापना भइसकेको जानकारी दिँदै ५० वटामा बाँकी रहेको बताए । बाँकीमध्ये ३० वटामा चैत मशान्तसम्म र अरु बाँकी चालु आर्थिक वर्षको अन्त्यसम्म स्थापना हुने उनले जानकारी दिए ।
कतिपय स्थानीय तहमा वर्षायाममा सडकको पहुँच नभएको र हाल निर्माणको क्रममा रहेकाले चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकहरु स्थानीय तहमा पुगिसक्नेमा आफू विश्वस्त रहेको दावी गरे ।

леска плетенка купитькарандашиЯнтарьберезка шоп вкhttps://youcontrol.com.ua/ru/catalog/company_details/42033028/saint petersburg russia