घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्री नै संलग्न रहेका छन् : पूर्व प्रधानमन्त्री नेपाल

0
11

मंसिर २, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन् , यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको हो।’

स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारवाही गर्नुपर्ने नेता नेपालले बताए।