गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

0
8

जेष्ठ १६, चितवन । गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार पक्राउ परेका छन् ।

मुख्य योजनाकार प्रकाश कँडेललाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्राउ गरेको बताएको छ ।

कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी रहेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको तथा धम्क्याएको अभियोगमा कँडेलविरुद्ध मुद्दा चलाउन सकिने एसपी मल्लले बताए ।

रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएको थियो । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ ।dlya-vkontaktefree excel budget templateмакияж омолаживающийringotrade отзывТунянсборные грузы из гуанчжоу

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here