गणतान्त्रिक ब्यवस्थामा एक दशक पार र राजतन्त्रको चर्चा

0
45

पारस मल्ल

नेपालमा थुप्रै संविधान परिर्वतन भए तर स्थिर हुन सकेन । अहिले हामी संबैधानिक लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा छौ । जाहाँ प्रधानमन्त्रीय पद्धति छ । यसलाई पनि अस्थिर रुपमा प्रयोग गर्न खोजिदैछ । जहाँ राष्ट्रपतिय प्रणालिमा मुलुक लगिदैछ। राष्ट्रपतिय प्रणालि बाट राष्ट्रपतिय शासन तर्फ मुलुक उन्मुख बनाउदै छ भनेकुरा पनि नेपाली जनातालाई चिन्ता जाग्न थालेको छ । अहिले मुलुकलाई प्रयोगशाला बनाइ रहर्दा मुलुकमा विभिन्न किसिमका आ आफना योजना पनि तयार हुदै रहेको स्थिति छ । याता राजतन्त्रका पक्षधरहरु जो हिन्दु राज्यर राजतन्त्र सहितको प्रजातन्त्र हुनु पर्नेस्थितिमा छन भने यता जन गणतन्त्रर साम्यवादको पनि कुरा उठीहेको छ ।

 के अब मुलुकमा राजतन्त्र सम्भब ?

राप्रपाका नेता बसन्त बिक्रम पाण्डे युवाहुङ्कार सम्बादाता पारस मल्ल संगको अन्तर्वार्ताको क्रममा राजतन्त्र र हिन्दु राज्यको विषयमा दिनुभएको विचार।

२०६२÷६३ को आन्दोलन मुलुकमा गणतन्त्र चायो भनेर आन्दोलन भएको होइन त्यो आन्दोलन केबल राजा बाटकतै प्रजातन्त्र थोरै रुपमा खोसेको होकी भन्ने संकामा त्यो आन्दोलन भएको हो । राजा एउटा जानताको अभिभावक हो । राजालाइ झुकियाएर सता बाटहटायो । राजा ले एउटा अभिभावत्व निर्बाह गरी रहनु भयो । यो देश राजा र जनता मिलेर बनेको देश हो । अब नेपालमा हिन्दु राज्य र राजतन्त्र सहितको प्रजातन्त्रको अपरिहार्य भएकोछ, पाण्डेले बताउनुभयो । राजाका लागि राष्ट्रियता घर,अनि प्रजा त्यो घर का पिल्लर हुन्। त्यसैले राजा बाटै राष्ट्र राष्ट्रियता धर्म संकृति परम्परा यि सब को जगेर्ना गरेर राष्ट्रिय एकता कायम हुन्छ् । यो दस बर्ष मा घरको गारो मात्र होइन पिल्लर समेत हलाइ सकेको छ गणतन्त्र रुपि राजनितिक महाभुकम्प ले,यस्को ज्वलन्त उदाहरण हो कैलालिमा बच्चा सहित एसएसपि सहित को हत्या अनि  कन्चनपुरमा नेपालि युबाको बिदेसि सुरक्षाकर्मि द्वारा गरिएको हत्या यो के हो ? यहि नै हो त गणतन्त्र व्यवस्ता ? । बैदिकसात्र सास्वत छन्। यहि मन्यतालाइ आत्मसात गरेर राजा प्रजा मिलेर निर्माण गरेको  मुलुक नेपाल हो ।अरु देस का राजाको इतिहास र हाम्रो राजसंथाको फरक छ्।अरु देसमा देस बने पछि राजा बनेका हुन हाम्रो यो देसमा राजाले प्रजा सङ्ग मिलेर देस निर्माण गरेपछि मात्र राजा बनेका हुन्। जस्ले ॐ लाइ मुल मन्त्र मान्दछन ति मान्छेको ९४ % बाहुल्यता छ जहा गणतन्त्र ले जबर जस्ति धर्म निरपछे लादेको छ्। किरात ३ % बौदिष्ट ९ % हिन्दु ८१ % छन् । जुन धर्म संस्कृति मा राजा बिनाको देस को कल्पना गरिन्न् ।चाहे किरात राजा एलम्बर को कुरा होस चाहे राजा सुद्धोदन को होस वा चाहेराजा हरिस्चन्द्र राजा इन्द्र पृथ्वी नारायण अनि ज्ञानेन्द्र सरकार को कुरा होस् ।यि सब सास्त्रानुसार हुने कुरा हुन बिधि सम्मत हुने हो । हो सन्सार मा मुस्लिम देस हुन या इसाइ देस हुन हुने हाम्रो देस को राष्ट्रिय धर्म किन मास्ने  राजा बिनाको देस अनि कपाल बिना को केसको कल्पना गर्नु हुन्न् । पाण्डेले थपनुभयो मुलुकले राजतन्त्रको आभास गरिरहेको छ । किनभने मुलुकमा भष्टचारी जालो बुनिहेको अवश्तामा राजाले मात्र यसको समाधान गर्न सक्छ । मुलुकमा युवा व्यरोजगारीले विदेश पलाएन भइरहेको अवस्थामा मुलुकलाई एउटै व्याक्तिले मात्र समालन सक्छन जुन राजतन्त्र हो । अब मुलुकमा हिन्दु राज्य र राजतन्त्र सहितको प्रजातन्त्र हुनु पर्ने पाण्डेको भनाइ छ ।

  скачать artmoney бесплатно на русском языкекупить зонтик недорогоvtrfgnaked girls webcamle tourisme en sochihermitage tours