गगन थापाको पहलमा निर्मित शौचालय र स्नान गृहको साँचो हस्तान्तरण

0
34

कार्तिक ११, काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ढुंगयान चौर स्तिथ बिन्ध्यबासिनी मन्दिर तथा सामुदायिक भवन परिसरमा नव निर्मित शौचालय र स्नान गृहको साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

बागमती बोर्डिंग माध्यमिक बिद्यालय र प्रतिनिधि सभा सदस्य गगनकुमार थापाको पहलमा निर्मित शौचालयको एक कार्यक्रमको बिच साँचो हस्तान्तरण गरिएको हो। उक्त हस्तान्तरण कार्यक्रमको प्रमुख आतिथ पूर्व स्वास्थ्य मन्त्रि एबम प्रतिनिधि सभा सदस्य गगन कुमार थापा रहेका थिए भने बिशेष अतिथिमा प्रदेश सभा सदस्य न्ह्युछे नारायण श्रेष्ठ । त्यसै गरी कार्यक्रमा काठमाडौं महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल, बागमती बोर्डिंग माध्यमिक बिद्यालयका आश्विन सिटौला, नेपाली कांग्रेसका राजाराम बुढाथोकी, राधेश्याम कार्की, आरती कार्की, राम प्रसाद लुइँटेल लगायत स्थानीयको उपस्थिति रहेको थियो।

करिब ४ लाखको लागतमा बनेको उक्त शौचालय र स्नान गृहको साँचो बागमती माध्यमिक बिद्यालयका आश्विन सिटौलाले बिन्ध्यबासिनी मन्दिर तथा सामुदायिक भवनको अध्यक्ष सरिता अधिकारीलाइ हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सहयोगदातालाइ धन्यबाद दिंदै समुदायको नेतृत्वमा बुढानिलकण्ठ नगरपालिकामा थुप्रै उदाहरणीय काम भएको र हुदै गरेको बताए। उनले त्यस्ता कामलाई आफुले पनि बल पुर्याउने गरेको बताए उनले समुदायले अग्रसरता देखाएको काममा अन्य राम्रो काम गरिरहेका संघ सस्थालाई पनि आवद्द गराएर काम गर्न सकिने बताए ।
teen webcam liverybalka.spaceв контрактеодноклассники +осторожно хрупкое символзащитные ролеты харьков

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here