क्यासिनोहरु अटेर बन्दै

0
27

अर्बों रुपैयाँको जुवा खेलाउने क्यासिनोहरुले केही करोड रुपैयाँ राजश्व तिरेनन

पारस मल्ल
काठमाडौ, साउन

पयर्टन उद्योगको बिकासमा बिशेष योगदान रहने गरेको क्यासिनोहरु सरकारी निर्देशनको अवज्ञा गर्दे अटेर बन्न थालेकाछन । क्यासिनोहरु सरकारी ऐन नियमहरुलाई आफुखुसी तोडमोड गरेर करोडौं रुपैयाँ रोयल्टी नर्तिने गरेकाछन ।

क्यासिनोवालाहरुले मासिकरुपमा अर्बों रुपैयाँ बराबरको जुवा खेलाउने गरेको भएृपनि सरकारलाई तिनुपर्ने रोयल्टी भने अझैसम्म पनि तिरेका छैनन । आर्थिक वर्ष २०७१ र ७२ देखि चालु आव २०७४ र ७५सम्म तारे होटल र मेसिनबाट जुवा खेलाउँदै आएका चारवटा क्यासिनोले सरकारलाई ३६ करोड ६५ लाख रुपैयाँ बुझाउन बाँकी छ । क्यासिनो नियमावली २०७० आउनुभन्दा पहिला जुवा खेलाउँदै आएका क्यासिनो सञ्चालक र लाइसेन्स लिएका होटलले पनि सरकारलाई एक अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रोयल्टी तिरेका छैनन ।

क्यासिनो सञ्चालन गरेर बक्यौतारकम दाखिला नगरेको होटर्ल याडिसनमा सञ्चालन भएको क्यासिर्नो याड र ह्यापी आवरले करोडौं रुपैयाँ रोयल्टी तिरेका छैनन् । यस अघि पनि यी क्यासिनोको करोडौं बक्यौता थियो। पर्यटन विभागले तयार गरेको प्रतिवेदनर्मा याड क्यासिनो, ह्यापी आवर, रक मिनी क्यासिनो र होटल याक एन्ड यतीमा क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट प्रालिले पनि सरकारलाई रोयल्टी नतिरेको उल्लेख छ ।

विभागले मन्त्रालयमा पेस गरेको प्रतिवेदनमा सबैभन्दा बढी ह्यापी हावर प्रालिको बक्यौता १४ करोड ७७ लाख ३५ हजार पाँच सय रुपैयाँ छ , यो रकम आव २०७१ र ७२ देखि चालु आवसम्मको हो । गिल्ट क्यासिनोले सरकारलाई ११ करोड ४२ लाख ६५ हजार रुपैयाँभन्दा
बढी रोयल्टी तिरेको छैन । यस्तै, चारवर्ष देखि जुवा खेलाउँदै आएको रक मिनी क्यासिनोले पर्नि दुई करोड ८७ लाख ४५ हजार पाँच रुपैयाँ रोयल्टी बुझाएको छैन ।

याड क्यासिनाले पनि सरकारलाई सात करोड ५१ लाख ३२ हजार आठ सय रोयल्टी नतिरी क्यासिनो सञ्चालन गर्दै आएको छ । सरकारले क्यासिनो सञ्चालकको अराजकता नियन्त्रण गर्न
क्यासिनो नियमावली ल्याए पनि कार्यान्वयन गर्न सकेको छैन । क्यासिनो नियमावली २०७० नआउँदासम्म कुनै पनि संस्था वा व्यक्तिले क्यासिनो सञ्चालन गर्न अनुमति पाउँदैनथे । होटलले नै क्यासिनोको इजाजत लिने र संस्थालाई भाडामा दिएर सञ्चालन गर्ने व्यवस्था थियो । नयाँ नियमावली आएपछि पनि क्यासिनो सञ्चालकले सरकारलाई बुझाउनुपर्ने रोयल्टी दाखिलामा अटेरी गरेको पर्यटन विभागको भनाइ छ ।

विभागले २०७२ चैतसम्ममा रकम असुली गर्न नसकेपछि पुराना आठ क्यासिनोबाट रकम उठाइदिन माग गर्दै महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा परिपत्र गरेको थियो। सोही अनुरुप कार्यालयले सूचना प्रकाशन गर्दै रकम नबुझाउनेको खोजी गरेको थियो । तर, सबै होटल अदालत गएका थिए ।

राजश्व कार्यालयका अनुसार २०७२ चैत मसान्तसम्म विभिन्न आठ क्यासिनोको रोयल्टी, शुल्क र थप शुल्क गरी एक अर्ब ३३ करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी थियो । यसमा सबैभन्दा बढी नेपाल रिक्रिएसन सेन्टरको ५३ करोड ५० लाखभन्दा बढी रोयल्टी बाँकी छ । यो रकम क्यासिनो सञ्चालन भएको सोल्टी होटलले तिर्न नपर्ने सर्वोच्च अदालतबाट फैसला आइसकेको छ । यसैगरी होटल एभरेस्टको २०७२ चैतसम्मको १० करोड ३५ लाखभन्दा बढी बक्यौता रहेको छ ।

होटल मल्लमा सञ्चालन भएको भेनस क्यासिनोले भने सात करोड ६५ लाख रुपैयाँ सरकारलाई तिरेको कार्की बताउँछन्। तर, रोयल क्यासिनोले ११ करोड ८७ लाख ५० हजार तिरेको छैन । यसैगरी, ह्यापी आवर प्रालिले छ करोड १८ लाख रुपैयाँ बक्यौतामध्ये डेढ करोड रुपैयाँ मात्रै तिरेको छ ।

होटल सोल्टीको छ करोड १३ लाख र पोखराको फूलवारी रिसोर्टमा क्यासिनो सञ्चालन गरेको दी फूलवारी प्रालिको २४ करोड ६६ लाखभन्दा बढी बक्यौता छ । भूकम्पपछि बन्द भएको अन्नपूर्ण इन्टरनेसनल प्रालिले पनि ११ करोड ६९ लाखभन्दा बढी रोयल्टी बुझाएको छैन । cububu.topodnomasterкак взломать чужой вай файпродвижение в сайта в социальных сетяхsight seeing in moscowsunnic.xyz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here