कैलालीमा हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो, बिजुलीका पोल भाचिदा अधिकांश स्थानमा विद्युत सेवा बन्द

0
9

जेष्ठ २४, काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

१०० भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।

हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरी र टीकापुर नगरपालिका लहानु डगौराको ज्यान गएको प्रहरीले जनाएको छ ।

चौधरीको मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा घटनास्थलमै ज्यान गएको थियो ।

पोल्ट्री फर्मको वाल भत्किँदा घाइते भएका डगौराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । १०० भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् ।

हावाहुरीले कैलालीमा विद्युतका पोलसमेत भाँचिदिएको छ । दर्जनौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पोल भाँचिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । प्रहरीका अनुसार, टेलिफोन सेवा पनि प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here