के भन्छन् I Phone मास्टर JACK

0
100

माघ २२, काठमाडौ । यो देशसँग भएको सबैभन्दा ठुलो जनशक्ति भनेकै युवा जनशक्ति हो । यो देशको समृद्धि पावरवाला चस्माले हेर्न मन छ भने युवालाई नेतृत्व तथा जिम्मेवारी दिनै पर्छ ।

उसो त सरकारले युवावर्गलाई लक्षित गर्दै विभिन्न योजना तथा कार्यक्रमहरु नल्याएको भने होईन तर अहिले सम्म कुनैपनि त्यस्ता योजनाहरु सफल भएको सुन्नुभएको छ ? उता विदेशबाट फक्रिएका युवालाई देशमै स्वरोजगार बन्नकै लागी सरकारले लोन दिने भो भनेर २० हजार युवाले कागजको भित्तामा फोटा टासेर बुझाउन समेत भ्याए, ती र्फमको फाईल कति तल सरेको हो थाहा छैन्।

यताँ भारी युवाको गरुङ्गो साथ पाएको सर कारले शैक्षिक प्रमाणपत्र धितो राखेर शैक्षिक लोन पाईन्छ भनेर युवावर्ग उत्साहित देखिन्थे तर खोई अहिलेसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर फलानोले लोन लिएर फलानो कार्य गर्दै छ रे भनेर यो कानले सुनेको भने छैन् ।

तीनैमध्येका एकथरी युवाको जमात छ जसले सरकारको बाटो हेरेर हैन बाउको जग्गा धितो राखेर लिएको लोनले स्वदेशमै स्वरोजगार बन्न कटिबद्ध देखिन्छन् ।

हो, त्यसैमध्येका एक प्रतिनिधी पात्र हुन् जोन खड्का । सिन्धुलीका २२ वर्षय जोनलाई पनि करिब डेढ वर्ष अगाडी उनका घरपरिवारले छोरा विदेश जा भनेर २ लाख रुपैया ऋण खोजी हातमा थमाईदिए । एस एल सी दिएर राजधानी झरेका जोन बालापन देखी नै मोवाइल, घडी, रेडियो लगायतका इलेक्ट्रोनिक्स सामाग्री पाएपछि खोल्दीहाल्ल स्वभावका जोनले एस एल सी पछिको खाली समयलाई सदुपयोग गर्दै न्युरोटमा मोवाईलसम्बन्धी काम सिके ।

त्यसपछि प्लस टु पढ्न सिन्धुली नै पुगेका जोन दुई वर्ष अरुको पसलमा बसेर पाकिट खर्चमै काम गरे । अब प्लस टु पनि सकियो घर परिवारले विदेश जान भनि फोर्स गर्न थाले जोनको एउटा मन दुई भागमा विभाजित भए स्वदेशी र विदेशी र युद्ध गर्न थाले अन्तत जीत भयो स्वदेशी मनको ।जे गर्छु स्वदेशमै गर्छु भन्ने अठोटमा साथ जोन दुई लाख पैसा र ठुलो सपनाको भारी बोकेर राजधानी नै फर्किए ।

पसल खोल्नका लागी भनेर असन, महाबौद्ध, न्युरोडको कुनै गल्ली बाकी नराखेका जोनलाई अन्तत फेला प¥यो असन बाङ्गेमुडा चोकनजिक एउटा सटर । जोनले पसल सेटअप गरेर सुरु गरे मोवाईल बनाउने काम । पसल अलि भित्र भएकाले सुरुका ३,४ महिना खासै मान्छे आएनन् तर विस्तारै नयाँमान्छे आउनेक्रम पनि बढ्यो र एकपल्ट आएका मान्छेहरु आफ्ना अरु सामान र साथीलाई पनि जोनकै पसलमा ल्याउन थाले र जोनको नाम ज्याक राखिदिए ।

धनाड्य ब्याक्तिको पहिलो रोजाइमा पर्ने आइपलोन बनाउन माहिर ज्याकले आफ्ना ग्रहाकको मन जित्न सफल भए र अहिले दुईजनालाई काम भ्याइनभ्याइ छ । आज मोवाईलको एडिक बनेका हामी प्रयोगकर्ता मोवाईल एकछिन चलाउनन पाउदा पानी बाहिर को माछा सरह छटपटिन्छौं तर ज् य ा क ल े त्यो छटपटिलाई एकछिनमा
मेटाइदिन्छन अर्थात आधा घण्टा भित्रमा नै आईफोनको जस्तोसुकै समस्या पनि हल गरेर तयार गरिदिन्छन् ।

एउटा घटना सम्झदै ज्याकले सुनाए ‘एकजना निराजन भन्ने दाई हुनुहुन्थ्यो, बाहिरबाट आएको आईफोन सिक्स रहेछ काठमाडौंमा नै पाँच ठाउँमा देखाउदा समेत फोन नबनेपछि झिनो आश बोकेर म कहाँ आउनुभएको रहेछ मैले आधा घण्टामै फोन बनाएर दिदाँ दाई खुसीले अंकमाल गरेर ५ सय रुपैया बढि छाडेर जनुभयो ।

ज्याक भन्छन् ‘स्वदेशमा जुनसुकै ब्यापार व्यवसाय गरेपनि धैर्यता पुर्वक इमानदारितामा साथ कटिबद्ध भएर गर्नुस तपाईले सफलता खोज्दै बरालिन पर्दैन बुइकुर्सी मारेर सफलता तपाईको पछि लाग्छ । линкбилдингкисточкиоднок лассникиcpsтовары из китая без посредников бесплатная доставкаnyikas.xyz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here