कास्की-२ को उपनिर्वाचनमा १३ जनाले मनोनयन दर्ता

0
4

कात्तिक २१, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा, कांग्रेस, साझा, विवेकशील लगायत अन्य साना पार्टीसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदै छ । नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले खेमराज पौडेललाई उठाएको छ ।