काठमाडौंमा पनि बन्दको असर देखियो, लोकन्थलीमा शंकास्पद वस्तु भेटियो

0
18

समीर उप्रेती

साउन २९, काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लवले आफ्ना प्रवक्ता सहित कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको छ ।

देशको विभिन्न भागमा हिजो अस्ति देखिनै छिटफुट घटना घट्न थाले पनि काठमाडौंमा त्यस्तो कुनै घटना घटेको छैन ।

काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त

काठमाडौंमा हिजो अस्तिको जस्तो गाडीहरु चलेको छैन । कलेज जाने विद्यार्थीहरु अन्योलमा छन । काठमाडौ उपत्यकामा सुरक्षाको बाक्लो उपस्थिति छ ।

सादा पोशाकमा पनि त्यतिकै मात्रामा सुरक्षा खटाईएको जानकारी प्राप्त भएको छ ।

भक्तपुरको लोकन्थलीमा शंकास्पद वस्तु देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here