कांग्रेस तराई मधेसका जनताबाट टाढिँदै गयो : पूर्वराष्ट्रपति डा. यादव

0
3

मंसिर २७, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस तराई मधेसका जनताबाट टाढिँदै गएको टिप्पणी गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै यादवले कांग्रेसले तराई मधेसका कार्यकतालाई पनि बिर्सदै गएको गुनासो गरे ।

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘वीपी कोइराला, गणेशमानजी, कृष्णप्रसाद होइन तर, चिन्ता जाग्छ । तपाईहरुको महासमिति किन वीरगञ्जमा भइरहेको छैन ? किन काठमाडौंमा भइरहेको छ ?’

वीपी, गणशेमान कृष्णप्रसाद लगायतका नेता १० दिन पर्सामा बसेको तथा गिरिजाप्रसाद कोइराला पनि मोरङमा जाने गरेको स्मरण गर्दै उनले प्रश्न गरे, आज कांग्रेसको कुन नेता छ, जो जिल्लामा गएर कार्यकर्ताको घरमा बस्छ ?’

राष्ट्रपति भएका दिनदेखि नै आफूले कांग्रेस छाडेको तर, कांग्रेसको ट्रेनिङ पाएकाले आफूमा प्रभाव रहेको पूर्वराष्ट्रपति डा. बताए । पूर्वराष्ट्रपति यादवले कांग्रेस नेतृत्वले नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको उनले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here