कर बृद्धिको विरोधमा उपत्यकाका व्यापारीहरु आन्दोलित

0
29

साउन २४, काठमाडौं । सरकारले आर्थिक कारोबारलाई अनिवार्य रुपमा प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा काठमाडौं उपत्यकाका स्थानीय व्यापारीहरु आन्दोलित भएका छन् ।

शुक्रबार बिहानैदेखि असन लगायतका स्थानमा व्यापारीहरुले पसल बन्द गरी विरोध जनाएका छन् ।

ग्राहकले पनि एक हजार रुपैयाँभन्दा माथिको सामान किन्दा प्यानको प्रयोग गर्नुपर्ने व्यवस्था व्यावहारिक नभएको व्यापारीहरुको तर्क छ।

व्यापारीहरुले असन र त्यसक्षेत्र वरिपरि पसल बन्द गरेपछि ग्राहकको चहलपहल शुन्य अवस्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here