कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न पुर्याएको योगदानको म प्रशंसा गर्छु : प्रधानमन्त्री ओली

0
47

अश्विन २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको बताएका छन् ।

६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न पुर्याएको योगदानको म प्रशंसा गर्छु ।’

बलात्कार, हिंसा, हत्याको नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।

नेपाल प्रहरी सदैब जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न सशस्त्र द्वन्द्वमा गुज्रँदा सीमित स्रोत र साधनका बीच आन्तरिक सुरक्षा कायम गरेको स्मरण गरे ।

प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको तथ्यांक पेश गर्दै उनले साख जोगाउन अझ बढी व्यावसायिक हुन सुझाव दिए । ‘प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाए पनि यो पर्याप्त होइन’, प्रधानमन्त्रीले भने, ‘साख जोगाउन थप व्यवसायिक हुन जरुरी छ ।’

संयुक्त राष्ट्र संघको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाका लागि सञ्चालित मिसनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाललाई स्थापित गराउन भूमिका खेलेको प्रधानमन्त्रीले बताए ।

नेपाल प्रहरी आमनागरिकमुखी हुनसक्यो र जति बढी नागरिकको घरदैलोमा पुग्न सक्यो त्यति नै सरकारको प्रभावकारिता देखिने भएकाले प्रहरीलाई व्यावसायिक र थप साधन स्रोत सम्पन्न बनाउन जरूरी रहेकाे प्रधानमन्त्रीकाे भनाइ छ । त्यसका लागि सरकार लागिपरेको उनले बताए ।

शान्ति सुरक्षा र अमन चयन कायमका लागि प्रहरीको मनोबल बृद्धिमा जोड दिएका प्रधानमन्त्रीले यसका निम्ति सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

ठूलो राजनीतिक उथल पुथल र परिवर्तनपछि देश समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने अभियानमा रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने– यसका लागि शान्ति सुरक्षा पहिलो आवश्यकता हो । यसअर्थमा प्रहरी आगामी दिनमा थप जिम्मेवार सक्रिय हुनुपर्छ ।

प्रविधिको दुरुपयोग गरेर अन्तरदेशीय रुपमा हुने अपराध, आतंकवाद, अतिवाद दिनप्रतिदिन नयाँ स्वरुपमा देखापरेको भन्दै त्यसलाई रोक्न छिमेकी देशहरुसँग सम्बन्ध विस्तारमा उनले  जोड दिए ।

प्रधानमन्त्रीले भने “वैदेशिक रोजगार, विभिन्न यात्रा र बसोवासको सुरक्षा गर्न विदेशस्थित नेपाली दूतावासहरु, संयुक्त राष्ट्रसंघको स्थायी नियोग र प्रहरी संगठनको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको केन्द्रीय र क्षेत्रीय कार्यालयहरुमा नेपाल प्रहरीको परिचालनलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।” посуда с гранитным покрытиемlive webcam girlrybalkaок - odnoklassniki.ruроллеты на окна киевтовар