ए डिभिजन लिग : एनआरटीले सरस्वतीलाई ४-० ले हरायो

0
6

पुस १, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले सरस्वती क्लबलाई ४-० ले हराउँदै विजयी सुरुआत गरेकाे छ ।

एनआरटीकाे जितमा सरोज तामाडले दुई गाेल,  विदेशी खेलाडी जुनियर ओेन्ग्विने निकेन्ग्वेले एक र एनडेम्बा ओवानाले एक गाेल गरे ।

सातदाेबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएकाे खेलकाे पहिलो हाफमा एनआरटीका विदेशी खेलाडी जुनियर ओेन्ग्विने निकेन्ग्वेले गोल गर्दै १-० काे अग्रता लिएको थियाे।

त्यस्तै तामाडले ६९औं‌ मिनेटमा पहिलो गोल र ८०औं‌ मिनेट अर्को गोल गरेका थिए।

त्यस्तै समय सकिन एक मिनेट बाँकी रहँदा अर्का विदेशी खेलाडी एनडेम्बा ओवानाले गोल गर्दै एनआरटीलाई ४-० काे सहज जित दिलाए।