एसीसी अन्डर १९ इस्टर्न रिजनको उपाधि नेपाललाई

0
4

असार २४, काठमाडौं । हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि जितेको छ ।

हङकङले दिएको ९६ रनको समान्य लक्ष्य नेपालले मात्र १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा मात्र ९५ रन मा समेटियो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।

जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने युवा एशिया कपको लागि समेत छनौट भएको छ । घरेलु टोली श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत, यूएई, कुवेत र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here