एकै पटक सात हाँस्यब्यँग्य सँग्रहहरुको बिमोचन

0
180

साउन ५, काठमाडौं । साहित्यकार तथा हाँस्यब्यँग्यकार बलदेब महत द्वारा लिखित सात हाँस्यब्यँग्य सँग्रहहरुको शनिबार राजधानीको मित्रपार्क स्थित गोल्डेन लाइट पार्टि प्यालेसमा बिमोचन भएको छ ।

दुबै हातमा लड्डु, कुर्सीको जय होस्, चिप्ला कुरा, भालुलाइ पुराण, चोरको खुट्टा काट्, आफ्नो हात जगन्नाथ र एकै ड्याङ्का मुला सँग्रहहरुको एक समारोहका बिच बिमोचन गरिएको छ ।

बिमोचन कार्यक्रमको बिशेष अतिथिहरुमा डा.ध्रुबचन्द्र गौतम, डा. तुलसी भट्टराइ, रोचक घिमिरे, नरेन्द्र राज पौडेल, र बर्माबाट आउनु भएकी बर्मेली नेपाली साहित्यकार तुलसी थापा रहनु भएको थियो ।

हनुमान ढोका बहुउद्देश्यिय सहकारी सँस्था लिमिटेड र शान्ति भूमि बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको प्रायोजनमा सत्याल प्रकाशन तथा डिस्ट्र्ब्यिुटर्स प्रा.लि.ले आयोजना गरेको सो बिमोचन कार्यक्रमको सभापतित्व सत्याल प्रकाशनका अजय कुमार सत्यालले गर्नु भएको थियो ।

बिमोचित कृतिहरुको समिक्षा डा. छायादत्त न्यौपाने र डा. भरत कुमार भट्टराइले गर्नु भएको थियो भने बिशेष अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

लेखक बलदेव महतले आफ्ना कृतिहरुको बारेमा सँक्षिप्त प्रकाश पार्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

साहित्यकार तथा हाँस्यबयँग्यकार महतका यस अघि प्रकाशित दुइ कथा सँग्रह  तिर्सना र अपुरो माया तथा हाँस्यब्यँग्य सँग्रह फाइदै फाइदा समेत गरि दश कृतिहरु प्रकाशित भएका छन ।

नेपालमा अहिले सम्म हाँस्यब्यँग्य बिधामा एकै पटक सात कृतिहरु प्रकाशित भइ बिमोचन यो पहिले र दुर्लभ अबसर समेत भएको छ । साहित्यकार तथा हाँस्यब्यँग्यकार महत नेपाली सेनाका अबकाश प्राप्त रथी समेत हुन ।брови как сделать формумайл ру почта вход в личный кабинетрелевантнойmy instagramst. petersburg things to doотслеживание почтовых отправлений китай

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here