उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा

0
9

माघ ६, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् ।  सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरेकी हुन् ।

उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अस्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठूलो दलले सभामुखमा दाबी गरेकाले आफुले सहजीकरण गर्न लागेको बताइन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसंगै उपसभामुख तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।

लगतै संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी छन् ।