उपत्यकामा भित्रिए बिजुली बस

0
7

भदौ २३, काठमाडौं । सुन्दर यातायात प्रालिले काठमाडौंमा संचालन गर्न भित्र्याएको विद्युतिय बसको सोमबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।

कम्पनीले तत्काल दुई वटा विद्युतिय बसबाट सेवा सुरु गर्न लागेको हो । सातवटा बस नेपाल भित्रि सकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले आज औपचारिक उद्घाटन भएपनि व्यवसायीकरुपमा १ /२ दिनबाट सुरु हुने बताए ।

विद्युतिय बसको लागत जनही एक करोड ६२ लाख पर्ने कम्पनीले जनाएको छ । चीनबाट आयात गरिएका सो बसले रिङरोडमा सेवा दिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here