उपत्यकाभित्रका सडकको फुटपाथ पसल तथा पार्किङ हटाउने

0
33

चैत्र २४, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन २१ गतेदेखि नै अभियान सञ्चालन गरिएको जानकारी दिए ।

महाशाखाले ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ भर्खरै लागू गरेको छ ।

महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना अगाडि सारेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक फुटपाथ अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने बताए । उनले भने ‘सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेको छ, सडक फुटपाथ अतिक्रमण आएसँगै जाम घट्ने विश्वास हामीले लिएका छौँ,। как рисовать смоки айс пошаговорунуткикомплексное продвижение сайтовдешевые продвижение сайтажалюзи на окна купитьnyikas