कार्तित ३० काठमाडौं । अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक परामर्स सेवा प्रदान गर्दै आईरहेको ईप्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ईप्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएकाे छ ।
काठमाडौं बाहेक पोखरा, बुटवल र चितवन तथा अष्ट्रेलिया स्थित सिड्नी, पर्थ, मेलवर्न र एडिलेडमा समेत शाखा कार्यालयहरु खोलेर हजारौं विद्यार्थीहरुलाई परामर्स सेवा प्रदान गरिरहेको ईप्लानेटले आफ्नै कार्यालय बागबजारमा शैक्षिक मेलाकाे अायाेजना गर्न लागेकाे हाे । शैक्षिक मेलाका विषयमा ईप्लानेटका कार्यकारी नीर्देसक नयन लामिछाने भन्छन, कुनै पनि एजुकेसन फेयरको मुल उद्देश्य भनेको सम्वन्धित क्षेत्रको शैक्षिक विषयमा जानकारी प्रदान गर्नु नै हो ।
ईप्लानेटले मंसिर १ गते शनिवार आयोजना गर्ने गइरहेको ईप्लानेट अष्ट्रेलियन युनिभर्सिटिज फेयर २०१८ मा पनि हामीले अष्ट्रेलियामा उच्चशिक्षा अध्यापन गराउँदै आइरहेका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको विषयमा जानकारी गराउनेछाै । एउटै थलोमा अस्ट्र्लीयाका विभिन्न विश्वविद्यालय र अध्यनका विषयहरुको जानकारी प्राप्त गर्ने अवसरले विद्यार्थीहरुलाई सहजता प्रदान गर्छ । यो फेयरमा अष्ट्रेलियमा उच्चशिक्षा प्रदान गरिरहेका कलेज तथा विश्वविद्यालयहरुका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । विद्यार्थीहरुले सम्वन्धित शैक्षिक संस्थाकै प्रतिनिधिहरुसँग प्रतक्ष्यरुपमा संवाद गर्न पाउनेछन्, नीर्देसक लामीछानेले बताए । शैक्षिक मेला मार्फ़त आफूले पढ्न चाहेको विषयका लागि कुन कलेज ठिक हुन्छ ? शैक्षिक सिकाइ कस्तो छ ? सम्वन्धित विषय पढ्नका लागि के कस्ता सहुलयितहरु प्राप्त गर्न सकिन्छ ? लगायतका विषयहरु विद्यार्थीहरुले स्पष्ट रूपमा बुझ्न पाउनेछन । अहिले अष्ट्रेलियन एजुकेसनसँग सम्वन्धित धेरै फेयरहरु भइरहेका छन तर, ती सूचना र जानकारीका हीसाबले कति तथ्यपरक छन् ? ती सुचनाहरुले विद्यार्थीहरुको आवश्यकतालाई सम्वोधन गरेका छन् कि छैनन् भन्ने विषयमा स्वयम अभिभावक र विद्यार्थीहरु नै चनाखो हुनुपर्छ भन्ने हाम्राे उद्देश्य हाे, लामींछानेले बताए । जहाँसम्म ईप्लानेटलले सञ्चालन गर्न गइरहेको फेयरमा किन आउने भन्ने सवाल छ , त्यसमा विद्यार्थीको आर्थिक र शैक्षिक सार्मथ्य अनुसार कस्तो ठाउँ, कलेज र विषय छनौट गर्दा राम्रो हुन्छ भन्ने स्पष्ट जानकारीकासाथै सम्पूर्ण परिवेश र अवस्थाको जानकारी गराएर विद्यार्थीलाई आफू अनुकुलको निर्णय गर्न सक्नेगरी सुचित गर्न हरसम्भव प्रयास गरीने छ ।
ईप्लानेटले सन् २००५ देखि नै अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हामीले विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा र परामर्ष अल्पकालिन हुँदैन । हामीहरु विद्यार्थीलाई दीर्घकालिन हितमा आधारित रहेर परामर्ष दिन्छौं । आज अथवा भोलि सजिलो हुनेभन्दा पनि उसको करिअर कसरी बन्छ ? उ ग्राजुएट भइसकेपछि उसको भविश्य कसरी निर्माण हुन्छ भन्ने विषयलाई मध्यनजर गरी हामीले काम गरिरहेका छौं, नयनले संस्थाकाे उद्देश्यका बारेमा बताए ।
ईप्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ मा अष्ट्रेलियका पैंतिस वटा कलेज र विश्वविद्यालयहरुको सहभागिता रहने छ । जसमा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, ल्याट्रोब युनिभर्सिटी अष्ट्रेलिया, युनिभर्सिटी अफ ओलोङ्गोङ अष्ट्रेलिया, चाल्र्स स्टर्ट युनिभर्सिटी, स्टडी सेन्टर, फेड्रेसन युनिभर्सिटी अष्ट्रेलिया, साउर्थन क्रस युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युटियस इन्सर्च युनिभर्सिटी, न्याभिटास, एक्सेल्सीया कलेज, आइसिएचएम, द होटल स्कुल, मेलवर्न ईन्टिच्यूट अफ टेक्नोलोजी लगायत प्रतिष्ठित विश्वविद्यालयहरुको सहभागिता रहने कुरा नीर्देशक नयनले जानकारी दीए ।