आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै

0
7

असार ६, काठमाडौं । आज अर्थात जुन २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

अहिले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवशको रुपमा मनाउने प्रस्तावलाई विश्वका धेरै देशहरुले पनि समर्थन गरिसकेका छन् ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत राखेको छ । योगलाई  शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ ।

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले विभिन्न रोगको शिकार पनि भैरहेका छन् ।

योगले मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्दछ ।

киста копчика лечениеnaked girls on linebrparamonov.xyzкак правильно красить глаза в картинкахкак сделать жалюзи из обоеввікна київ ціни