आज गणेशमानको १ सय ५ औँ जन्म जयन्ती

0
6

कात्तिक २४, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ ।

गणेशमान सिंहसँग सम्बन्धित कार्यक्रममा सधैं सहभागी हुने गरेका उनका छोरा प्रकाशमान सिंह भने अमेरिकामा रहेकाले कार्यक्रममा सहभागी हुन नपाएको उनको सचिवालयले जनाएको छ ।

गणेशमान सिंह १ सय ५ औँ जन्म जयन्तीको अवसरमा दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ ५ बजे नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले रत्नपार्क शान्तिवाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।