आज अन्तर्राष्ट्रिय युवा दिवस नेपाल लगायत विश्वभर मनाईँदै

0
7

साउन २७, काठमाडौं । शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस नेपाल लगायत विश्वभर मनाईँदै छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ अगस्ट १२ तारिख देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत युवा छन् ।

युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत र जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ । दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या रहेका छन् ।

युवा बेला भनेको जोश, जाँगर सिर्जना र रचनात्मकता मार्फत समाज र देशका लागि योगदान दिन सक्ने सयम हो । तर, नेपालमा युवामैत्री ब्यवस्था बन्नै नसकेको र युवालाई देशको विकासमा उपयोग नगरिएको गुनासो पटकपटक उठ्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here