आजबाट श्रीस्वस्थानी व्रत सुरु

0
8

पुस २५, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रबारदेखि सुरु भएको छ ।

एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

स्वस्थानी व्रत प्रारम्भका दिन काठमाडौं शालीनदीमा व्रतालुको भीड लागेको छ । व्रतालुहरुले एक महिनासम्म स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुण्‍य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिले जनाएको छ ।