आजबाट विशेष छुटमा सुपथ मूल्य पसल खुल्दै 

0
28

 

अनिल सापकोटा,

अश्विन १२, काठमाडौँ । आजबाट काठमाडौँ उपत्यका सहित देशका विभिन्न ४७ स्थानमा विशेष छुटसहित सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ ।

सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार, नेपाल  खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन हुँदैछ ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरि उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले अहिलेको बजार भाउ मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here