आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालले दियो ओमानलाई २५० रनको लक्ष्य

0
6

माघ २६,काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणीय खेलमा नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २४९ रन बनाएको हो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन, पारस खड्काले ३८ रन बनाए भने आरिफ सेख र कुशल मल्लले २८-२८ रन, सुबास खकुरेलले २२ रन बनाए भने विनोद भण्डारीले महत्वपूर्ण ३५ रन बनाए ।

त्यस्तै करण केसीले १० रन, सन्दीप लामिछानेले अविजित १० रन बनाए भने कमल सिंह ऐरीले अविजित ९ रन बनाए ।दिपेन्द्र सिंह ऐरी भने शुन्यमा आउट भएका थिए ।

ओमानका बलर आकिब इयासले ४ विकेट लिए भने मोहमद नदीमले ३ विकेट लिए ।