अवैध १६ लाख भारतीय रुपैयाँसहित पाँचजना पक्राउ

0
19

भदौ ४, काठमाडौं । अवैध भारतीय रुपैयाँ १५ लाख ७९ हजार पाँच सय ८० सहित पाँचजनालाई पक्राउ गरेको छ।

प्रहरीले दाङको अमिलियाबाट भारतीय रुपैयाँसहित पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका- २ बस्ने ४० वर्षीय शसे विक, बारेकोट गाउँपालिका  ८ जाजरकोट बस्ने २७ वर्षीय शिव सिङ्ग भनिने पूर्ण विक, तुलसीपुर उपमहानगर पालिका ५ बस्ने २७ वर्षीय हिरा विक, त्रिवेणी गाउपालिका- ९ बस्ने ४३ वर्षीय प्रकाश केसी र कोहलपुर नगरपालिका -२ बस्ने ३४ वर्षीय मनकुमारी खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुले बुद्धको मूर्तिलाई सुनको जलप लगाएर देउखुरीको राजपुर गाउँपालिका-७ को भैसाही हुँदै भारतीय बजारमा लगेर बेचेको र त्यो पैसा लिएर नेपाल फर्किएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।

राजपुर गाउँपालिकाको भैसाही नाकाहुँदै अमिलिया पुगेर बस चढ्ने क्रममा इप्रका अमिलियाको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।