अल्पाइन र दर्पण क्लबका यस्ता छन साप्ताहिक समाजिक र मानवीय कार्यहरु

0
33

मंसिर २३, काठमाडौं । नेपाली लायन्सवादको इतिहासमा नेपालका लायन्सहरूले समाजिक कार्य आ – आफ्नो तवर अनुसार गरिरहेका छन ।

२ बर्ष अघि लायन्स बर्ष  २०१८ /१९ मल्टीपल ३२५ , डिष्टि्क ३२५ ए १ का डिस्ट्रिक्ट गभर्नर लायन अनन्त भेटुवालले संसारभरिका लायन्सका मानवसेवामा समर्पित संस्थाहरूलाई पछि पार्दै नेपालको लाईनिजममा सेवालाई संसारको नम्वर एकमा स्थापित गराएका थिए ।

भेटुवालले गत बर्ष देखि थालेको  “New voice ” कार्यक्रमलाइ निरन्तरता दिदै २०१९ /२० का डिस्ट्रिक गभर्नर लायन ईन्द खत्री “राजन” ले (Dec १ देखि ७) लाई डिस्ट्रिक गभर्नर सर्भिस सप्ताहको रुपमा ७ दिन बिभिन्न सामाजिक कार्य गर्न आवहान गरे अनुरुप डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका लायन्स क्लबहरूले बिभिन्न सामाजिक र मानविय कार्य गरि डिजी सर्भिस सप्ताह मनाएका छन ।

यसै सन्दर्भमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ मा समाजिक र मानवीय कार्य गर्दै काठमाडौंका बिभिन्न लायन्स क्लब मध्ये लायन्स क्लब अफ काठमाडौं अल्पाइन र लायन्स क्लब अफ काठमाडौं दर्पणले सात दिन बिभिन्न समाजिक र मानवीय सेवाका कार्यहरु गरेको छ ।

डिजी सर्भिस सप्ताहको पहिलो दिन मातातिर्थ बृद्धाश्रमका असहाय आमाहरूलाई खाना खुवाउने कार्यक्रम गरिएको, दोस्रो दिन चोभार स्थित हेल्पलेस चिल्ड्रेन होमका अनाथ बिद्यार्थीहरूलाई स्टेशनरी वितरण, तेस्रो दिन लोलांगहाईट अवस्थित दृष्टबिहिन बिद्यार्थीहरूलाई ब्रेल सिट तथा खाद्यान्न वितरण गरिएको,चौथो दिन ज्ञानेश्वर आधारभूत बिध्यालयमा लुभु आइ केयरको प्राबिधिक सहयोगमा आँखा परिक्षण गरिएको थियो। जसमा ९० जना बिद्यार्थी, शिक्षक, शिक्षिका र स्थानीयहरु गरि करिब ११५ जनाको निशुल्क आँखा परिक्षण गरिएको थियो । जसमा २० जनाको आँखाको समस्या देखिएको हुदा औषधी समेत निशुल्क वितरण गरिएको थियो, पाचौं दिन मधुमेह परिक्षण, छैठो दिन क्यान्सर जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको लायन्स क्लब अफ काठमाडौं अल्पाइनका प्रेसिडेन्ट धुर्व तारा पोखरेलले बताउनुभयो।

साप्ताको अन्तिम दिन डिसेम्बर ७ तारिक लायन्स क्लब अफ काठमाडौं अल्पाइन र लायन्स क्लब अफ काठमाडौं दर्पणको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका वडा नं ३० रामचन्द्र बहाल डिल्लीबजारमा बृहत रक्तदान कार्यक्रम सपन्न गरेको पोखरेलले बताउनुभयो ।

नेपालमा जारी साग गेमका कारण बाटो अवरुद्द भएका कारण पनि रक्तदान गर्ने इच्छुक ब्यक्तिहरुको स्वास्थ्यको कारण सोचेजति रक्तदान हुन नसकेको लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी (राजन)ले बताए। उनले पुन चाडै नै फेरी रक्तदान कार्यक्रम आयोजना गर्न लागेको पनि बताए । बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको बताउनुभयो।

सो रक्तदान कार्यक्रममा Multiple District 325 का GAT  लिडर लायन खगेन्द्र सिटौला इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, एरिया चिफलायन  शोभा गुरूंग, AOG लायन भगवान वहादुर रावत  डिस्ट्रिकका Chief Old Age service लायन शुरेश डंगोल, एरिया कोर्डिनेटर लायन महेश श्रेष्ठ, जोन चेयर पर्सनलायन मन्दर शिखर वेनर्जी, लायन दल प्रसाद क्षेष्ठ, लायन उमेश श्रेष्ठ, लायन शशी नेपाल, लायन दिपा पौड्याल, लायन दिपा नेपाल, लायन  रोशन पन्त, लायन गोपाल धिताल सहभागी क्लब पदाधिकारी एवं वडा अध्यक्ष दल वहादुर कार्की, वडा सदस्य सीता तिवारी, वडा सदस्य मनोज कुमार डंगोललगायत मैतिदेवी मन्दिर संरक्षण समितीका राजाराम कपाली, डिल्लिवजार टोल सुधार समितीका अध्यक्ष राजभाई बज्राचार्य  लगायत स्थानीयहरुको उपस्थिति रहेको ठकुरीले बताउनुभयो। कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई Multiple District ३२५  का GAT लिडर लायन खगेन्द्र सिटौला, इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, एरिया चिफलायन शोभा गुरूंग, लगायतले धन्यबाद सहित रक्तदान गरेकोमा प्रसंशापत्र समेत वितरण गरेको ठकुरीले बताउनुभयो।