अमेरिकामाथि नेपालको कीर्तिमानी जित, सन्दीपको करिअरकै उच्च प्रर्दशन

0
22

माघ २९, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीप र सुशनले उत्कृष्ट बलिङ गर्दै अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बाकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । त्यस्तै सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । त्यस्तै पारस खड्का १२ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए । नेपालको ओडीआईमा यो सर्वाधिक छिटो जित हात पारेको हो । अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए ।

यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।