अबैध लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

0
13

जेष्ठ १, काठमाडौं । प्रहरीले अबैध लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका -०१ सानो गौचरण बस्ने सुरज ढकाल रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र वृत्त कमलपोखरीबाट खटिएको संयुक्त टोलीले बैशाख ३१ साझ ढकालको कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५.३९ ग्राम बरामद गरेको हो ।

ढकालको कोठाबाट लागुऔषध तौलने मेशिन १ थान, नगद ४५ हजार, मोबाईल २ थान समेत बरामद गरेको प्रहरीले  जनाएको छ ।

ब्राउनसुगर सहित ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here