Crime News: प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

0
4

बाँके, जेठ ८
प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका २१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित पुरैनिमा जग्गा सम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर सोही ठाउँस्थित आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानियले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका थिए । लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगंजमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, जेठ ८
कीर्तिपुर नगरपालिका ३ सल्यानथानस्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ बर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ रानिगञ्जस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३६ वर्षीय पुरुष बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
अर्घाखाँची, शितगंगा नगरपालिका १० करबेशी बस्ने ७५ वर्षीय दाल प्रसाद बेल्बासे गोठमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
बाँके, जेठ ८
खजुरा गाउँपालिका ३ बिगाउँस्थित सडकमा भे.२ प ९०१० नम्बरको मोटरसाइकल बुधबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार १२ वर्षीय प्रतिक थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

ट्रेकिङ कार्यालयबाट नगद चोरी
ललितपुर, जेठ ८
ललितपुर महानगरपालिका १८ महतोमार्गस्थित शिबराज थापाको समिट नेपाल ट्रेकिङ प्रालिको कार्यालय कक्षको ढोका फोडेर मंगलबार राति नगद २ लाख रुपैयाँ र युरो ५ सय चोरी भएको बताइएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनका गहना लुटपाट
महोत्तरी, जेठ ८
मटिहानी नगरपालिका(५ गबरौला बस्ने ६५ वर्षीय जोगी यादवको घरबाट बुधबार राति आएका १० र १२ जनाको अज्ञात समूहले करिब १ लाख ३० हजार रुपैयाँ मुल्य बराबरको सुनका विभिन्न गहना लुटपाट गरेका छन् ।
लुटेराहरूले ६० वर्षीया महिलाले कानमा लागाएको सुन लुट्ने क्रममा सामान्य घाइते भएकीले स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएकी छन् ।
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल नष्ट
काठमाडौ, जेठ ८
काठमाडौं, रौतहट र अर्घाखाँचीको विभिन्न स्थानमा बुधबार साँझ भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३० लाख ६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ मुलपानी लक्ष्मीनारायण चोकस्थित काभ्रे मदन देउपुर नगरपालिका ७ घर भएका ३० वर्षीय खड्ग ढकालको न्यू ब्रमायणी गाई फर्ममा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । आगलागीबाट फार्मको टहरो, ५ वटा गाई, भाँडाकुँडा, दाना, पराल, भुसा, नगद २ लाख रुपैयाँ लगायत जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो । नेपाल प्रहरी, स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा ३ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
रौतहटको परोहा नगरपालिका १ बस्ने शेष अलि अख्तरको कच्ची गोठमा आगलागी हुँदा छिमेकी अनिसु रहमानको घरमा समेत फैलिएर दुबै जनाको गरी करिब ४ लाख ७० हजार रुपैयँ बराबरको धनमाल नष्ट भएको हो ।
यसैगरी रौतहट, ईशनाथ नगरपालिका(१ बस्ने चन्देश्वर यादबको कच्ची घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर जलेर करिब ६ लाख रुपैयाँ बराबरको धमाल नष्ट भएको हो ।
अर्घाखाँचीको सितगंगा नगरपालिका ८ तिनखण्डे बस्ने नबराज आले समेत ३ जनाको ३ वटा गोठमा आगलागी हुँदा ५ लाख ३६ हजार रुपैयाँ बरानरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट नवराज आलेको दाना र गोठ गरी करिब १ लाख २० हजार रुपैयाँ, धनिसरा आलेको २ वटा गोरु, १८ वटा बाख्रा तथा गोठ गरी ३ लाख १ हजार रुपैयाँ र तारा आलेको गोठ जलेर १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।