१५ तस्बिरमा हेर्नुहोस टोपी दिवस (फोटोफिचर)

0
62

अनिल सापकोटा,
पुस १७, काठमाडौँ । ‘नेपाली टोपी : हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइएको छ। अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।

जागरुक युवा अभियानको अगुवाइमा मंङ्गलबार बिहान काठमाडौंको माइतिघर मण्डलाबाट निकालिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी ढाका टोपी, भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

слежка за друзьями вкskovorodaюпкавиарамблерhttp://allpowerlifting.com/lifters/RUS/tunyan-narek-48772/скільки коштує пластикове вікно