हुन्डार्ई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण

0
5

काठमाडौ, भदौ २९
हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रमबिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेन्युु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई स्यान्ट्रो माग्ना हस्तान्तरण गरेको छ ।
लक्की ड्र को विजेताहरुको छनौट २९जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमरआई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले गरेका थिए । १० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं. ः ३९७), चन्द्र मणी पौडेल (कुपन नं. ः २७५), श्रीजेश घिमिरे (कुपन नं. ः ९९६), महेश्वर लाल सिंह (कुपन नं. ः ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ः ९४४), राजु शाह (कुपन नं. ः ७६), दल बहादुर बि. क.(कुपन नं. ः ७४४), बिजयअग्रवाल, गणेश हार्डवेर (कुपन नं. ः ७१६), एन. आइ. सि. एसिया बैंक लि., निर्भीक सापकोटा (कुपन नं. ः ११५८), रखातु इन्टर्न्याश्न लप्रा. लि. (कुपन नं. ः ३५) ले दुबई भ्रमण जितेकाछन ।
हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान स्यान्ट्रो माग्ना र एक थान भेनस एस १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्तगरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नेे आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गरे ।
सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध रहेकाछन । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।