हाँस्य कलाकार थापाको निधन

0
16

पुस २, काठमाडौं । हाँस्य कलाकार आनन्द थापाको निधन भएको छ।

विगत दुई वर्षदेखि प्यारालाइसिस अवस्थामा रहेका ८० वर्षीय थापाको गएराति निधन भएको परिवार स्रोतले जनाएको छ ।
मनको बाँध चलचित्रबाट अभिनय सुरु गरेका थापाले कुमारी, कान्छी, मायाप्रिती, अचानक, राज, प्लान, वरदानलगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन्।

गाईजात्रा महोत्सव, हास्य व्यग्य कार्यक्रम, नाटक, टेलिफिल्म लेखन, निर्देशन समेत गरेका कालाकार थापाको श्रीमती र ३ छोरा छन् । थापाको आजै पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ ।

केहि दिन अघि कलाकार दीपक क्षेत्री र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनले चलचित्र क्षेत्र नै शोकमा डुबिरहेको बेला हाँस्य कलाकार थापाको पनि निधन भएको छ ।