सेन्ट जेभिर्यस कलेजलेको खुल्ला मिनी म्याराथुनु प्रतियोगिता शानिवार सम्पन्न

0
56

मंसिर २२, काठमाडौँ । राजधानीको माईतीघर स्थित सेन्ट जेभिर्यस कलेजले खुल्ला मिनी म्याराथुनु प्रतियोगिता शानिवार सम्पन्न गरेको छ ।
‘Run for the child education’भन्ने मूल नाराका साथ आयोजना गरीएको पाचौँ संस्करणको मिनी म्याराथुन मा १९ सय जना सहभागिहरुले भाग लिनुभएको थियो ।

खोटाङको विकट क्षेत्रमा पर्ने जनसेवा माध्यमिक बिद्यालयकँ गरीब बालबालिको सहयोगका लागि आयोजना गरेका थियो । खुल्ला मिनी म्याराथुनु प्रतियोगिता विभिन्न छ विधामा आयोजना गरेका थियो ।

प्रतियोगिता सेन्ट जेभिर्यस कलेजको भित्री गेटबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, आरएनएसी, जमल, लैनचौर, नागपोखरी, हात्तिसार, पुतलीसडक, अनामनगर, बिजुलीबजार हुदै सेन्ट जेभिर्यसको गेटमा आएर १०.८७४ कि.मी। को दौड समापन भएको थियो ।

खुल्ला मिनी म्याराथुनु मा प्रथम स्थान निराजन गुरुडले हसिल गरेका छन् । उनिले निधारित दुरी ३७ मिनेट ४० सेकेन्डमा पुरा गरे । उनि नेपाल प्रहरीका जवान हुन । अहिले गुरुड कुपन्डोलमा कार्यरत छन् । त्यसैगरी दोस्रो स्थामा सो कलेज BSW 4 year का बिद्यार्थी सिद्धान्त शाहिले हासिल गरे उनले निधारित दुरी ४२ मिनेट ५ सेकेन्डमा पुरा गरेका छन्, भने तेस्रो स्थानमा सो कलेजका बिद्यार्थी सागर प्रताव रानाले निधारित दुरी ४२ मिनेट २२ सेकेन्डमा पुरा गरेका छन् ।

त्यसै गरी महिला तर्फ भने शुस्मा तामाड प्रथम स्थान हसिल गरिन् उनिले निधारित दुरी ४९ मिनेट १६ सेकेन्डमा पुरा गरिन । दोस्रो भएकी रचना रानामगरले निधारित दुरी ५२ मिनेटमा पुरा गरिन, भने तेस्रो स्थान भएकी तेजि गुरुडले निधारित दुरी ५५ मिनेट २१ सेकेन्डमा पुरा गरेकी छन ।

त्यस्तै ३० वर्ष माथि उमेर पुरुष समुहमा शन्जीव ढकालले निधारित दुरी ५८ मिनेट २९ सेकेन्डमा पुरा गरे ।

त्यसै गरि ३० वर्ष माथि उमेर महिला समुहमा मुना रावलले निधारित दुरी १ घण्टा १० मिनेटमा पुरा गरिन । त्यस्तै १४ वर्ष मुनिको पुरुष समुहमा दिपक मगरले निधारित दुरी ५९ मिनेटमा पुरा गरे । अन्य क्षमता भएका समुहमा सो कलेजका शिक्षक जिलेसन शाहले प्रथम स्थान हासिल गनु भयो । उहाँलाई अयोजकले स्कुटी समेत उपहार दिनुभयो । मिनी म्याराथुनु मा फादर जिजुले समेत भाग लिनुभएको थियो उहाँले निधारित दुरी १ घण्टा ३३ मिनेट १५ सेकेन्डमा पुरा गर्नुभयो ।

मिनी म्याराथुनु मा ६० वर्षका निर्मल श्रेष्ठ देखि ८ वर्षिय बालिका सन्तोसी नायक समेत सहभागिता जनाएका थिए ।
खुल्ला मिनी म्याराथुनु कार्यक्रमा नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल प्रमुख अथितिको रुपमा उपस्थिति हुनुभएको थियो । त्यसै गरि अपराध महाशाकाका प्रमुख असोक सिंह, सिंहदरबारका वृत प्रमुख काजि आर्चाय समेतको सहभागिता हुनुभएको थियो ।

खुल्ला मिनी म्याराथुनु प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई नेपाल प्रहरीका प्रमुख खनाल र सेन्ट जेभिर्यस कलेजका फादर जिजुले मेडल र पुरुस्कार वितरण गनुभएको थियो ।

कार्यक्रमलाई विभिन संघ संस्थाले सर्पोट गरेको थियो ।

तस्विरहरु



суперяркийsearchenginesrybalkaелеграммкупить ролетымеждународная грузоперевозка