सिद्धार्थ इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

0
3

काठमाडौ, असार १४
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आषाढ १३ गते, शनिबार कम्पनीको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका हुुन । सो आ.व. २०७५÷७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत एक अर्ब ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गरेकोे जानकारी गराए । सभाले आगामी चार वर्षको लागि सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ ।