साग : नेपाल र बंगलादेशबीच पुरुष फुटबल खेल हुँदै

0
23

मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतबार नेपाल र बंगलादेशबीच पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेल हुँदैछ । आजको खेल नतिजाले स्वर्ण पदक भिडन्तमा भुटानको प्रतिद्वन्द्वीको छिनोफानो हुनेछ ।

आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ । बराबरी भएको खण्डमा दोस्रो स्थानमा रहेर स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पराजय भोगेको खण्डमा भने नेपाल कास्यमा सिमित हुनेछ ।

अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २-२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।

भुटानले शनिबार भएको दोस्रो खेलमा श्रीलंकामाथि ३-० को सानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । खेल आज साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।