वाइडबडी जहाज खरिद प्रकरणमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको उपसमितीको ठहर

0
36

पुस १८, काठमाडौँ । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ ।

अनियमितता छानबिनका लागि गठित लेखा समितिअन्तर्गतको उपसमितिले मंगलबार राति अबेरसम्म बैठक बस्दै यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई दोषी ठहर गरेको छ । समितीले दुई पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ ।

जहाज खरिद प्रक्रिया जारी रहँदा वाइडबडी जहाज हेर्ने भन्दै ३८ जनालाई विदेश घुमाइएकोमा पनि भ्रष्टाचार भएको उपसमितिको निर्क्यौल छ। ‘ती जहाज हेर्न भन्दै फ्रान्स गएकामा प्राविधिक कर्मचारीभन्दा लेखाका कर्मचारी धेरै देखिए, उपसमितिका एक सदस्यले भने, ‘दुई जनाले मात्र एक/एक पाने भ्रमण प्रतिवेदन दिएका रहेछन् ।’ ती भ्रमणमा मात्र एक करोड खर्च भएको उपसमितिले जनाएको छ ।

यसअिघ सोमबार उपसमितिले ३ अर्ब ८८ करोड भष्टाचार भएको ठहर गरेको थियो । महालेखापरीक्षकको कार्यालयबाट थप कागजात पाएपछि भ्रष्टाचार रकम बढेको हो ।

वाइडबडी जहाज खरिद प्रकरणमा उपसमितिले तयार गरेको प्रतिवेदन सही सावित भए यो नेपालको इतिहासकै सबैभन्दा ठूलो भष्टाचार हुनेछ। free naked sex camsgramblодноклассникилассникипрограмма для взлома игр на компьютеробязанности логиста в транспортной компаниитканинні ролети день ніч