राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान चुनावी सरगर्मीमा

0
23

मंसिर ५, काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको सातौ महाधिवेशन सुरु हुनै लाग्दा चुनावी सरगर्मी बढेको हो ।

मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म पोखरामा महाधिवेशनको तयारीमा कलाकारहरु लागिरहेका छन् ।

उम्मेदवारी दिएका कलाकारहरु सामाजिक संजालहरुमा आफ्नो उम्मेदवारी दिएको फोटो सहित भोटको अपिल गर्नेहरु पनि धेरै छन् ।

‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको छैटौ महाधिवेशनबाट बद्री पंगेनी अध्यक्ष पदमा विजयी भएका थिए । यस पटक अध्यक्ष पदका लागि लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीले उम्मेदवारी अध्यक्ष पदमा नै दुई पटक हारेका विष्णुले तेस्रो पटक उम्मेदवारी दिएका हुन् । रमेश अहिले वरिष्ठ उपाध्यक्ष पदमा छन् । निर्वाचनका लागि को को कलाकार कुन कुन पदमा उठ्ने भन्ने शनिबार मात्र पक्का हुनेछ ।