राप्रपाद्धारा सिन्धुुपाल्चोकका बाढीपीडितलाई राहत बितरण

0
6


काठमाडौ, साउन १५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरूलाई राहत वितरण गरेको छ । बाह्रबिसेमा बिहीबार सम्पन्न कार्यक्रमबीच राप्रपाले राहतस्वरूप रकम, खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । राहत सहयोग प्राप्त गर्नेहरूमा बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पिडित र विस्तापित परिवारहरू थिए ।
राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, सिन्धपाल्चोकस्थित राप्रपाका सदस्य, शुभचिन्तकहरूको अग्रसरतामा ६ लाख ७५ हजार बराबरको राहत सहयोग उपलब्ध गराइएको हो । राप्रपाका केन्द्रीय सदस्य रमेशकुमार लामा, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ तथा उपाध्यक्ष नारायणजंग पाण्डे समेतको टोलीले १९ मृतक परिवारलाई १० हजारका दरले रकम सहयोग हस्तान्तरण गरेको थियो । बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पिडित र विस्थापित परिवारलाई खाद्यान्न, लत्ताकपडा वितरण गरिएको थियो । जुगल गाउँपालिकाका ६२ विस्थापित घरधुरीले सहयोग प्राप्त गरे ।
अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न भागमा वाढिपहिरो गई जनधनको ठूलो क्षति भएको थियो ।